समाचार

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

By अर्जुन भट्टराई

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

काठमाडौं । सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ।

नियुक्तिपछि डा. सिंहले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ ग्रहणसँगै उनले अस्पतालको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्न थालेका छन्।

अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूमध्येबाट छनोट समितिले डा. योगेन्द्रप्रसाद सिंह, डा. अजयकुमार झा र डा. विजयचन्द्र आचार्यको नाम अन्तिम सिफारिसमा पठाएको थियो। तीमध्येबाट डा. सिंह अध्यक्षमा छानिएका हुन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ४६ वर्ष लामो सेवा गरी अवकाश लिएका डा. सिंह स्वास्थ्य क्षेत्रका एक अनुभवी र वरिष्ठ चिकित्सकका रूपमा चिनिन्छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.