काठमाडौं । निजामती कर्मचारीहरूलाई अब स्वास्थ्य सेवाका लागि टाढा धाउनु पर्दैन। आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ।
कर्मचारीहरूलाई छिटो र सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यस्थलमै यो सेवा इकाई स्थापना गरिएको मन्त्रालयले जनाएको छ। यसका साथै निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप कम गर्न पनि यो व्यवस्था गरिएको हो।
यस सेवा इकाईमार्फत निजामती कर्मचारी तथा सेवाग्राहीहरूलाई स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायतका विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गरिनेछ।
