अर्थ

आजको तरकारी र फलफूलको थोक मूल्य यस्तो छ

By अर्जुन भट्टराई •

आजको तरकारी र फलफूलको थोक मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि विभिन्न कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।

**तरकारीको मूल्य**

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १५ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५२ रुपैयाँ तोकिएको छ।

गाँजर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, मूला रातो प्रतिकिलो २५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो १० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ।

मटरकोशा प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ७० रुपैयाँ, तीते करेला प्रतिकिलो २० रुपैयाँ, लौका प्रतिकिलो ३० रुपैयाँ, परवर (लोकल) प्रतिकिलो २० रुपैयाँ र घिरौला प्रतिकिलो ३० रुपैयाँ तोकिएको छ।

फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो १५ रुपैयाँ, भिण्डी प्रतिकिलो २० रुपैयाँ, सखरखण्ड प्रतिकिलो १०० रुपैयाँ, पिंडालु प्रतिकिलो ९० रुपैयाँ र स्कुस प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ।

रायोसाग प्रतिकिलो ३० रुपैयाँ, पालुङ्गो प्रतिकिलो ५० रुपैयाँ, चमसुरको साग प्रतिकिलो ५० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २३० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, राजा च्याउ प्रतिकिलो २८० रुपैयाँ, सिताके च्याउ प्रतिकिलो ८०० रुपैयाँ, कुरीलो प्रतिकिलो २५० रुपैयाँ र न्युरो प्रतिकिलो ९० रुपैयाँ तोकिएको छ।

**फलफूलको मूल्य**

फलफूलतर्फ स्याउ (फूजी) प्रतिकिलो २८० रुपैयाँ, केरा नेपाली प्रतिकिलो २०० रुपैयाँ, कागती प्रतिकिलो १७० रुपैयाँ, अनार प्रतिकिलो ४२० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १८० रुपैयाँ, आँप (मालदह) प्रतिकिलो ९० रुपैयाँ, आँप (दसहरी) प्रतिकिलो ११० रुपैयाँ र भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ निर्धारण गरिएको छ।

काँक्रो (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, रुखकटहर प्रतिकिलो ४० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, लीच्ची (लोकल) प्रतिकिलो १८० रुपैयाँ र लीच्ची (भारतीय) प्रतिकिलो २८० रुपैयाँ कायम गरिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.