समाचार

इन्धन मूल्य घटेपछि काठमाडौंका अधिकांश निजी पेट्रोल पम्प बन्द

By अर्जुन भट्टराई

इन्धन मूल्य घटेपछि काठमाडौंका अधिकांश निजी पेट्रोल पम्प बन्द

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाएपछि काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बुधबार बन्द रहेका छन्।

निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गरेको थियो। मूल्य घटेसँगै पुरानो मौज्दातबाट घाटा हुने भन्दै धेरै निजी पम्पले इन्धन बिक्री बन्द गरेका हुन्।

पम्पहरू बन्द रहेका कारण इन्धन भर्न पुगेका सर्वसाधारण नागरिक केही स्थानमा खाली हात फर्किन बाध्य भएका छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.