समाचार

कृषि मन्त्रालय र डब्लूडब्लूएफ नेपालबीच १० वर्षे सहकार्य सम्झौता

By अर्जुन भट्टराई

कृषि मन्त्रालय र डब्लूडब्लूएफ नेपालबीच १० वर्षे सहकार्य सम्झौता

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालबीच बुधबार १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा यो सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौता सन् २०२६ को जुलाईदेखि सन् २०३६ को जुनसम्म लागू रहनेछ।

सम्झौताअनुसार आगामी १० वर्षसम्म दुवै पक्षबीच जैविक विविधता संरक्षण, वन व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, प्राकृतिक स्रोतको दिगो उपयोग तथा वातावरण संरक्षण जस्ता क्षेत्रमा मिलेर काम गरिनेछ।

मन्त्रालयका प्रतिनिधि र डब्लूडब्लूएफ नेपालका अधिकारीहरूको उपस्थितिमा सम्पन्न यस हस्ताक्षर कार्यक्रमले नेपालमा संरक्षण तथा वातावरणीय कार्यक्रमहरूलाई थप प्रभावकारी ढंगले अगाडि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.