काठमाडौंको माइतीघर मण्डलामा मंगलबार ‘सुस्ता बचाउ अभियान’अन्तर्गत सुस्ताबासीहरूले ठूलो विरोध प्रदर्शन गरे। सरकारले नागरिकता प्रदान गर्नुपर्ने माग राख्दै प्रदर्शनकारीहरू सडकमा उत्रिए।
प्रदर्शनकारीहरूले ‘अतिक्रमण होइन सार्वभौम सम्मान दे’ र ‘आफ्नै घरमा शरणार्थी, यो कस्तो विडम्बना साथी’ लगायतका ब्यानर बोकेर आफ्नो आक्रोश व्यक्त गरे। आफ्नै देशमा नागरिकताबाट वञ्चित रहनु परेको पीडा उनीहरूका ब्यानरमा स्पष्ट झल्किन्थ्यो।
(तस्बिरहरू: सक्षम घिमिर, नेपाल न्यूज बैंक)
