समाचार

भारी वर्षाको चेतावनी: जोखिमयुक्त स्थानमा सतर्क रहन मौसम विभागको आग्रह

By अर्जुन भट्टराई

भारी वर्षाको चेतावनी: जोखिमयुक्त स्थानमा सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सबैलाई सतर्क रहन आग्रह गरेको छ।

महाशाखाका अनुसार यस अवधिमा मनसुनी गतिविधि थप सक्रिय हुने भएकाले जोखिमयुक्त स्थानमा नजान वा जानै परेमा अत्यन्त सावधानी अपनाएर आवतजावत गर्न सुझाव दिइएको छ।

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएको छ, जसले वर्षाको तीव्रता थप बढाउने अनुमान गरिएको हो।

मौसम विभागले जोखिमयुक्त स्थानहरू पहिले नै पहिचान गरी आफू सुरक्षित राख्न पनि सबैलाई आग्रह गरेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.