अर्थ

सुन र चाँदीको मूल्यमा गिरावट, जान्नुहोस् आजको भाउ

By अर्जुन भट्टराई •

सुन र चाँदीको मूल्यमा गिरावट, जान्नुहोस् आजको भाउ

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको छ। यससँगै आज सुन २ लाख ७७ हजार ९०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ। सोमबार यसको मूल्य २ लाख ८२ हजार ४०० रुपैयाँ थियो।

चाँदीको मूल्य पनि आज घटेको छ। आज चाँदी ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको ४ हजार ३१० रुपैयाँको तुलनामा कम हो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.