समाचार

हुलाक सेवा आधुनिक नबनाई प्रभावकारी सेवा सम्भव छैन : सञ्चारमन्त्री तिमिल्सिना

By अर्जुन भट्टराई

हुलाक सेवा आधुनिक नबनाई प्रभावकारी सेवा सम्भव छैन : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक र सबल नबनाई प्रभावकारी सेवा प्रवाह सम्भव नहुने बताएका छन् ।

हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकार हुलाकमार्फत सबै प्रकारका कागजात र पार्सल समयमै गन्तव्यमा पुर्याउन प्रतिबद्ध रहेको जानकारी दिए ।

उनले भने, ‘हुलाकबाट हरेक किसिमका कागजात र पार्सल समयमै पुर्याउन सरकार प्रतिबद्ध छ । त्यसका लागि हुलाक सेवा विभाग र निजी सेवा प्रदायकसँग सहकार्य गरेर देखिएका समस्याहरू सुनेर समाधान खोज्न हामी अगाडि आएका छौँ । हुलाक सेवालाई आधुनिक र प्रभावकारी नबनाई तथा सेवा प्रवाहमा लाग्ने समय नघटाई हुलाक लोकप्रिय सेवा प्रदायकका रूपमा टिक्न सक्दैन ।’

मन्त्री तिमिल्सिनाले नागरिकको अपेक्षा र समयको महत्त्वलाई ध्यानमा राखेर डेलिभरी प्रणालीलाई पुनः डिजाइन गर्न सके सफलता हासिल हुन सक्ने बताए । साथै, हुलाकलाई परम्परागत सेवामा मात्र सीमित नराखी समयानुकूल रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.