समाचार

रोजगारी र जीविकाको माग गर्दै दृष्टिविहीन नागरिकहरू माइतीघरमा धर्नामा

By अर्जुन भट्टराई

रोजगारी र जीविकाको माग गर्दै दृष्टिविहीन नागरिकहरू माइतीघरमा धर्नामा

काठमाडौंको माइतीघर मण्डलामा दृष्टिविहीन नागरिकहरू धर्नामा बसेका छन् । रोजीरोटीको सुनिश्चितता र वैकल्पिक रोजगारीको माग राख्दै उनीहरू सडकमा उत्रिएका हुन् ।

आन्दोलनमा सहभागी दृष्टिविहीन नागरिकहरूले सरकारसँग तीनवटा प्रमुख माग राखेका छन् — जीविकोपार्जनको अधिकार सुनिश्चित गर्नुपर्ने, वैकल्पिक रोजगारीको व्यवस्था गर्नुपर्ने र अपाङ्गता भएका व्यक्तिहरूको सम्मानजनक जीवनयापनको ग्यारेन्टी गर्नुपर्ने ।

सरकारले यी मागहरूप्रति ध्यान नदिएसम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ ।

(तस्बिर : सक्षम घिमिरे / नेपाल न्यूज बैंक)

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.