समाचार

कृषिमा आधुनिकीकरण: मोरङको डाँगीहाटमा आधुनिक मेसिनले काट्यो चैते धान

By अर्जुन भट्टराई

कृषिमा आधुनिकीकरण: मोरङको डाँगीहाटमा आधुनिक मेसिनले काट्यो चैते धान

मोरङको डाँगीहाटमा चैते धान कटानीमा आधुनिक प्रविधिको प्रयोग भइरहेको छ। यहाँ FM World RUILONG ब्रान्डको कम्बाइन हार्भेस्टर मेसिन प्रयोगमा ल्याइएको छ।

यो मेसिन मुख्यतः धान र गहुँ काट्नका लागि डिजाइन गरिएको हो। हिलो खेतमा सजिलै गुड्न सकोस् भनेर यसमा अग्ला दाँत भएको विशेष ट्र्याक प्रणाली जडान गरिएको छ।

यस मेसिनको प्रयोगले धान कटानीको कार्यक्षमता बढाउने मात्र होइन, बालीको नोक्सानी पनि घटाउने बताइएको छ। कृषि क्षेत्रमा यस्ता आधुनिक प्रविधिको प्रयोगले किसानलाई श्रम र समय दुवैमा राहत मिल्ने अपेक्षा गरिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.