अर्थ

आजको तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक, कुन वस्तुको कति छ भाउ?

By अर्जुन भट्टराई •

आजको तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक, कुन वस्तुको कति छ भाउ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । बजारमा किनमेल गर्न जाँदा कुन तरकारी र फलफूलको कति मूल्य छ, तल हेर्नुस् ।

तरकारीको मूल्य

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ३५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ८ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५२ रुपैयाँ कायम गरिएको छ ।

गाँजर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ५० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८० रुपैयाँ, मूला रातो प्रतिकिलो २५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो १० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो २५ रुपैयाँ तोकिएको छ ।

मटरकोशा प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ७० रुपैयाँ, तीते करेला प्रतिकिलो २० रुपैयाँ, लौका प्रतिकिलो ३० रुपैयाँ, परवर (लोकल) प्रतिकिलो ३० रुपैयाँ र घिरौला प्रतिकिलो ३० रुपैयाँ निर्धारण गरिएको छ ।

फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो २० रुपैयाँ, भिण्डी प्रतिकिलो २० रुपैयाँ, सखरखण्ड प्रतिकिलो १०० रुपैयाँ, पिंडालु प्रतिकिलो ९० रुपैयाँ र स्कुस प्रतिकिलो ५० रुपैयाँ रहेको छ ।

रायोसाग प्रतिकिलो ३० रुपैयाँ, पालुङ्गो प्रतिकिलो ५० रुपैयाँ, चमसुरको साग प्रतिकिलो ५० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २४० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४५० रुपैयाँ, राजा च्याउ प्रतिकिलो २८० रुपैयाँ, सिताके च्याउ प्रतिकिलो ८०० रुपैयाँ, कुरीलो प्रतिकिलो २५० रुपैयाँ र न्युरो प्रतिकिलो ९० रुपैयाँ कायम गरिएको छ ।

फलफूलको मूल्य

स्याउ (फूजी) प्रतिकिलो २८० रुपैयाँ, केरा नेपाली प्रतिकिलो २०० रुपैयाँ, कागती प्रतिकिलो १७० रुपैयाँ, अनार प्रतिकिलो ४२० रुपैयाँ, केरा (मालभोग) प्रति दर्जन १८० रुपैयाँ, आँप (मालदह) प्रतिकिलो ८० रुपैयाँ, आँप (दसहरी) प्रतिकिलो ९० रुपैयाँ र तरबुजा (हरियो) प्रतिकिलो ५० रुपैयाँ तोकिएको छ ।

यसैगरी, भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, रुखकटहर प्रतिकिलो ४० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, लीच्ची (लोकल) प्रतिकिलो १८० रुपैयाँ र लीच्ची (भारतीय) प्रतिकिलो २८० रुपैयाँ निर्धारण गरिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.