समाचार

स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्ति: असार १६ र १७ गते अन्तर्वार्ता हुने

By अर्जुन भट्टराई

स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्ति: असार १६ र १७ गते अन्तर्वार्ता हुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदमा नियुक्तिका लागि छनोट भएका उम्मेदवारहरूको अन्तर्वार्ता तथा प्रस्तुतिकरणको तालिका सार्वजनिक गरेको छ।

आइतबार जारी गरिएको सूचनाअनुसार छनोट भएका उम्मेदवारहरूले आफ्ना तोकिएका कागजातका सक्कल प्रति साथमा लिएर असार १६ र १७ गते अनिवार्य रूपमा अन्तर्वार्तामा उपस्थित हुनुपर्नेछ।

मन्त्रालयका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम प्राप्त दरखास्तहरूको मूल्याङ्कन गरी वर्णानुक्रमअनुसार उम्मेदवारहरूलाई अन्तर्वार्ता तथा प्रस्तुतिकरणका लागि छनोट गरिएको हो।

मन्त्रालयले असार ४ गते गोरखापत्र दैनिकमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको थियो। साथै, छनोट भएका उम्मेदवारहरूको नामावली र अन्तर्वार्ताको विस्तृत तालिका पनि सार्वजनिक गरिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.