समाचार

असार १५ः धनुषामा उत्साहका साथ मनाइयो रोपाइँ महोत्सव (तस्विरहरू)

By अर्जुन भट्टराई

असार १५ः धनुषामा उत्साहका साथ मनाइयो रोपाइँ महोत्सव (तस्विरहरू)

राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा धनुषाका विभिन्न स्थानमा किसानहरू हर्षोल्लासका साथ धान रोपाइँमा जुटेका छन्। असार १५ का दिन खेतखलियानमा रोपाइँको चहलपहल उल्लेखनीय रूपमा बढेको देखिएको छ।

किसानहरूले यस वर्ष पनि परम्परागत शैलीमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाएका छन्। राम्रो उत्पादन होस् भन्ने अपेक्षाका साथ खेतमा उत्रिएका किसानहरूको उत्साह देख्नलायक रहेको छ।

(तस्विर : सञ्जय कुमार यादव, नेपाल न्यूज बैंक)

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.