मनोरंजन

धान दिवसमा कलाकारहरू खेतमा उत्रे, हिलो खेल्दै असारे गीतमा रमाए

By अर्जुन भट्टराई •

धान दिवसमा कलाकारहरू खेतमा उत्रे, हिलो खेल्दै असारे गीतमा रमाए

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ को अवसरमा विभिन्न कलाकारहरूले खेतमा धान रोप्दै हिलो खेलेर असारको सांस्कृतिक उत्सव रमाइलोसँग मनाए।

सोमबार राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले गोकर्णेश्वर नगरपालिकाको सहयोगमा ‘रोपाइँ उत्सव–२०८३’ आयोजना गरेको थियो। कार्यक्रममा सहभागी कलाकारहरूले परम्परागत शैलीमा धान रोपे, हिलो खेले र असारे गीतमा रमाउँदै नेपाली कृषि संस्कृतिको संरक्षण तथा प्रवर्द्धनप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिजालले कृषि नेपालको अर्थतन्त्र र संस्कृतिको आधार भएकाले यस्ता कार्यक्रमले परम्परागत कृषि संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले धान दिवसलाई केवल रोपाइँ गर्ने दिन मात्र नभई किसानको श्रम, कृषि उत्पादन र नेपाली मौलिक संस्कृतिप्रति सम्मान व्यक्त गर्ने विशेष अवसरका रूपमा परिभाषित गरे।

कार्यक्रममा कलाकारहरूले खेतमै धान रोप्दै हिलो खेल्दै नाचगानसहित धान दिवसलाई उल्लासपूर्ण बनाए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.