समाचार

मोरङको आरजु राइस मिल: ६० करोड लगानीमा बनेको आधुनिक धान प्रशोधन केन्द्र

By अर्जुन भट्टराई

मोरङको आरजु राइस मिल: ६० करोड लगानीमा बनेको आधुनिक धान प्रशोधन केन्द्र

काठमाडौं । मोरङ जिल्लाको डाँगीहाटमा ६० करोड रुपैयाँको लगानीमा स्थापित आरजु राइस मिल आधुनिक धान प्रशोधन उद्योगका रूपमा आफ्नो पहिचान बनाउँदै गएको छ।

यो मिलको सबैभन्दा उल्लेखनीय पक्ष भनेको यसले किसानको खेतबाटै सिधै धान खरिद गर्ने गर्छ। मात्र त्यति मात्र होइन, सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा पनि बढी मूल्य किसानलाई दिइन्छ। यसको फलस्वरूप अहिलेसम्म २ हजार ५ सयभन्दा बढी किसानले प्रत्यक्ष रूपमा लाभ पाइसकेका छन्।

आरजु राइस मिलले कृषि क्षेत्रमा मूल्य शृंखला विकास, आधुनिक पूर्वाधारको उपयोग र किसान तथा उद्योगबीचको सहकार्यको नयाँ नमुना प्रस्तुत गरेको छ। ड्रोनबाट खिचिएका तस्बिर र भिडियोले यो मिलको विशालता र आधुनिकतालाई स्पष्ट रूपमा देखाउँछन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.