समाचार

पेस्तोलसहित काठमाडौँकाे रानीवनबाट एक युवा पक्राउ

By अर्जुन भट्टराई

काठमाडौँ । पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउँदै हिँड्ने एक युवा काठमाडौँको रानीवनबाट पक्राउ परेका छन् ।

काठमाडौँको नागर्जुन नगरपालिका–१ नमूना टोलमा पेस्तोल देखाएर त्रसित बनाउँदै हिँडेको भन्ने सूचनाका आधारमा प्रहरीले दैलेखको भगवतीमाई गाउँपालिका–७ घर भई सोही स्थानमा बस्ने २५ वर्षका अनिल खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले निजको कोठा खानतलासी गरी पेस्तोल र खाली म्यागजिन एक थान बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए । पक्राउ परेका खड्कामाथि प्रहरी बृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको  छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.