समाचार

काभ्रेपलाञ्चोकमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ७७ पुग्यो

By अर्जुन भट्टराई

बनेपा । असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण काभ्रे जिल्लाका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोमा हालसम्म ७७ जनाको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको पछिल्लो तथ्यांक अनुसार बाढीपहिरोबाट जिल्लामा ७० जनाको मृत्यु र ७५ जना घाइते छन् ।

पालिका अनुसार धुलिखेलमा २ र बनेपा नगरपालिकामा ३ जनाको मृत्यु भएको छ । यस्तै पनौतीमा १८, मण्डनदेउपुरमा ७, नमोबुद्धमा ७, रोशीमा १२, चौरीदेउरालीमा १, बेथानचोकमा १२, तेमालमा १२ र भुम्लुमा ३ जनाको मृत्यु भएको हो । जसमा पुरुषको संख्या ३७ र महिलाको संख्या ४० रहेको छ । जसमध्ये १६ जना बालबालिका रहेका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.