अर्थ

सुनको मूल्यमा १ हजार ५ सयले बृद्धि, कतिमा हुँदैछ काराेबार ?

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  १ हजार ५ सयले बृद्धि भएको छ ।

गत सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा मंगलबार, बुधबार र बिहीबार भने सामान्य गिरावट भएको थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५७ हजार एक सय निर्धारण भएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी आजका लागि एक हजार नाै सय १५ निर्धारण भएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.