समाचार

चन्द्रागिरीमा भेटिएकाे शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ ।


स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ परिचालित बम डिस्पोजल टोलीले उक्त शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.