अर्थ

प्रतिताेला सात सय रुपैयाँले बढ्यो सुनको मूल्य

By अर्जुन भट्टराई

काठमाडौँ साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो  ।


नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन  प्रतितोला १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदीकाे मूल्य भने १० रुपैयाँले घटेकाे छ । आज १ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.