अर्थ

यस्ताे छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

By अर्जुन भट्टराई

काठमाडौँ । आज २०८१ साल साउन १७ गते बिहीबार । सन् २०२४ अगष्ट १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

बुधबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमय दर घट्दा युरोको विनिमय दर भने सामान्य अंकमा बढेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ७० पैसा र बिक्री दर १७२ रुपैयाँ ४७ पैसा पुगेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.