राजनिती

मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा.यादव

By अर्जुन भट्टराई

जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा डा शिवराम यादव नियुक्त भएका छन् । प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको  अध्यक्ष पदमा नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ ।  

सिरहाको सिरहा नगरपालिका–१३ स्थित गम्भरियाका डा यादव मेकानिकल इन्जिनियरिङ् विषयमा  विधावारिधि गरेका छन् । यसअघि उमेरहदका कारण आयोगको अध्यक्ष सुरेन्द्रप्रसाद यादव २०८० फागुन २२ गते पदमुक्त भएको थियो ।

विगत पाँच महिनादेखि लोक सेवा आयोगमा पदाधिकारी विहीन हुँदा कर्मचारी भर्ना तालिका प्रकाशन, परीक्षा सञ्चालन, अन्र्तवार्ता तथा छनौट प्रक्रिया अवरुद्ध भएको थियो । २०७६ भदौ ४ गते प्रदेश लोक सेवा आयोगको गठन तथा स्थापना भएको थियो ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.