अर्थ

राजस्व छल्ने ७ जनाविरुद्ध मुद्दा दायर

By अर्जुन भट्टराई

काठमाडौँ । राजश्व अनुसन्धान विभागले राजस्व छल्ने ७ जनाविरुद्ध साढे ३ करोड रुपैयाँ भन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । विभागले प्रतिवादीहरू गणेशदत्त बडू, दिनेश खरेल, अमोल विठ्ठल विभूते, ऋषिकेश प्रकाश विभूते, भरतराज खरेल र आयुष बड्डु तथा कानुनको विवादमा परेका एक बालकसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुले राजश्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन २०५२ को दफा ३ विपरीत काम गरी ऐनको दफा ४ ९छ० बमोजिमको कसुर गरेको पुष्टि भएको थियो । सोही कसुरमा ७ जनाविरुद्ध ३ करोड ५० लाख १५ हजार ५४१ बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।

प्रतिवादीहरूलाई ऐनको दफा २३ ९१० बमोजिम जरिवाना तथा दफा २३ ९१० ९ख० बमोजिम कैद सजाय समेतको मागदावी गरी उच्च अदालत पाटनमा र काठमाडौँ जिल्ला अदालतमा अभियोग दायर गरिएको हो ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.