अर्थ

सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ३०० रुपैयाँ घटेर १ लाख ४९ हजार ५०० रुपैयाँ कायम भएको हो ।

बुधबार कायम भएको मूल्य हालसम्मकै उच्च मूल्य हो । यस्तै तेजाबी आज सुन तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता बुधबार तोलामा १ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर १ हजार ८६० रुपैयाँ कायम भएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.