अर्थ

बढ्याे सुनको मूल्य, हालसम्मकै उच्च

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ प्रतिताेला दुई हजार रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।

गत आइतबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ७००, साेमबार  १ लाख ४६ हजार ९००  रुपैयाँ र मंगलबार १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४९ हजार १०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेकाे छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २० रुपैयाँले बढेर १ हजार ८९५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।  

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.