अर्थ

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला ३ सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आज मंगलबार पनि सोही मूल्यमा कारोबार हुने भएको हो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.