अर्थ

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेरर कारोबार भएको छ । यस दिन सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.