अर्थ

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । यस दिन सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.