अर्थ

यस्ताे छ बिहीबारकाे विदेशी मुद्राको विनिमय दर

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ ।

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ ।

त्यसैगरी युरोपियन युरो १ को खरिददर १४३ रुपैयाँ २३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा थियो ।

बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७० रुपैयाँ ३७ पैसा निर्धारण भएको छ । आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८९ रुपैयाँ २८ पैसा निर्धारण भएको छ ।

यस्तै कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ९८ पैसा थियो ।

त्यसैगरी बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५० पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०९ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८६ पैसा थियो ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.