अर्थ

सुनकाे मूल्यले राख्याे नयाँ रेकर्ड, तोलाको कति ?

By अर्जुन भट्टराई

काठमाडौँ ।  नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा  १ हजार ६०० रुपैयाँले बढेर  १ लाख ४० हजार रुपैयाँ पुगेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज  १ लाख ४० हजार रुपैयाँ पुगेको हो ।  

यस्तै तेजाबी सुन तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।  यस्तै चाँदीको मूल्य पनि आज तोलामा १ हजार ८०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७४५ रुपैयाँ कारोबार भएको थियो ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.