काठमाडौँ । शुक्रबार एकैदिन सुनको भाउ तोलामा २ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । शुक्रबार भने १ लाख ३७ हजार ९ सय रुपैयाँ पुगेको छ ।
यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ६ सय ८५ रुपैयाँ रहेको चाँदी आज १ हजार ७ सय ३५ रुपैयाँ पुगेको छ ।
