अर्थ

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।


त्यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७८ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४३ रुपैयाँ ७९ पैसा रहेको छ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २१ पैसा र बिक्री दर १६७ रुपैयाँ ९७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.