अर्थ

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

By अर्जुन भट्टराई

काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा २ हजार ७ सय घटेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ३४ हजार पाँच सय रुपैंयाँमा कारोबार भइरहेको  छ ।  मङ्गलबार दिन सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैंयाँमा कारोबार भएको थियो ।

यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैंयाँसम्म पुगेको थियो ।

चाँदीको मूल्य पनि बुधबार घटेको छ । अघिल्लो दिन तोलाको एक हजार ६ सय ५० रुपैंयाँ रहेको चाँदी आज एक हजार ६ सय ३० रुपैंयाँ कायम भएको महासंघले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.