काठमाडाैं । नेपाली बजारमा आज बिहीबार पनि सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार पनि सुनकाे मूल्यले नयाँ रेकर्ड राखेकाे थियाे ।
त्यस्तै आज तेजावी सुन पनि तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
