काठमाडौँ । स्थानीय बजारमा मंगलबार पहेँलो धातुको सुनकाे मूल्य प्रतितोला चार सयले घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन साेमबार एक लाख ३१ हजार ६०० मा कारोबार भएकामा आजका लागि भने प्रतितोला एक लाख ३१ हजार २०० कायम भएको छ ।
यस्तै, तेजाबी सुन आजका लागि एक लाख ३० हजार ५ सय ५० मा कारोबार भइरहेकाे छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १० ले वृद्धि भएको छ । साेमबार प्रतितोला एक हजार पाँच सय ३५ मा कारोबार भएकाे चाँदी आज एक हजार पाँच सय ४५ मा काराेबार भइरहेकाे छ ।
