अर्थ

सुनकाे मूल्य घट्याे

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली बजारमा आज सुनकाे मूल्य घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर एक लाख २५ हजार चार सय  कायम भएको छ ।

त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला चार सयले घटेर  एक लाख २४ हजार आठ सय कायम भएको छ ।

चाँदीको मूल्य भने आज स्थिर छ ।  चाँदी आज प्रतितोला एक हजार पाँच सय १५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.