अर्थ

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

By अर्जुन भट्टराई

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतिताेला १ हजारले घटेर तोलाको १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४ सय रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.