समाचार

चिर्पटले हानेर एक युवकको हत्या

By अर्जुन भट्टराई

भोजपुर । छिमेकीको दाउराको चिर्पट प्रहारबाट षडानन्द नगरपालिका–५ आँपटारेका एक युवकको मृत्यु भएको छ ।

पुरानो रिसइबीका कारण स्थानीयवासी पञ्चबहादुर भनिने २७ वर्षीय मानबहादुर मगरले छिमेकी २६ वर्षीय सुरेश राईलाई चिर्पटले टाउकामा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ढिलो गरी प्राप्त समाचारअनुसार चिर्पट प्रहारबाट गम्भीर घाइते राईको सङ्खुवासभा तुमलिङटारको मनकामना अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटामा मृत्यु भएको प्रहरीको भनाइ छ । अभियुक्त मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.