समाचार

भ्रस्टाचार गरेको देखे मलाई खबर गर्नु : बालेन

By अर्जुन भट्टराई

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफु मातहतका कर्मचारीले भ्रष्टचार गरे प्रमाणसहित उजूरी दिन अपिल गरेका छन्।

काठमाडौंका ‘भ्रष्ट कर्मचारी’ बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत गएका मेयर शाहले त्यस्तो टेक्स्ट, अडियो, भिडियोसहितको उजुरी दिनका लागि अलग्गै मोबाइल नम्बर पनि उपलब्ध गराएका छन्।

‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौँ , हाम्रो अधिकार क्षेत्र काठमाडौं महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित,’ उनले भनेका छन, ‘कसैले बिना प्रमाण यस्ले यति भ्रस्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला।

उनले अगाडी मोबाईल नम्बर उपलब्ध गराउँदै भनेका छन, ‘हामीलाई ९८६३५९२०११ मा whatsapp मा प्रमाण सहित सम्पर्क गर्न सक्नु हुनेछ। यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउनेको नाम गोप्य राखिनेछ।’

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.