राजनिती

भ्रष्टाचारबिरुद्ध नेकपा एसले आज देशैभरी प्रदर्शन गर्ने

By अर्जुन भट्टराई

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब दिने भन्दै नेकपा एकीकृत समाजवादीले आज प्रदर्शन गर्न लागेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब स्वरुप आज देशैभरी प्रदर्शन गर्न लागिएको सो पार्टीका नेता बिजय पौडेलले जानकारी दिए ।

‘यही बैशाख २८ गते दिनको १ बजे देशका सबै जिल्लामा विरोध प्रदर्शन गरौँ, पौडेलले भनेका छन, ‘जनबर्गीय सङ्गठनहरूको मोर्चा सङ्गठनको यस अभियानमा साथ दिन पार्टीका सबै तहका सङ्गठनहरू समक्ष हार्दिक अनुरोध गर्दछौ ।’ उनका अनुसार हिजो माइतीघर मण्डलामा पनि पार्टीका भातृ संगठनले प्रदर्शन गरेका थिए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.