Uncategorized

संवैधानिक परिषद्को बैठक बस्दै

By अर्जुन भट्टराई

संवैधानिक परिषद्को बैठक आज (सोमबार) साँझ बस्दैछ।  संवैधानिक परिषद्को बैठक साँझ ६ बजेलाई तय भएको उपसभामुख इन्दिरा रानाले सेतोपाटीलाई जानकारी दिइन्।

‘अस्तिकै बैठकको निरन्तरता भनेर बोलाइएको छ। थप कार्यसूची खुलाइएको छैन,’ उनले भनिन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्तापछि संवैधानिक परिषद्को बैठक बस्न लागेको हो।

आज बस्ने बैठकले प्रधानन्यायाधीश नियुक्त गर्ने सम्भावना छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की रोलक्रममा छन्। संवैधानिक परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.