समृद्ध चीनको कलंक: तियानमेन नरसंहारको ३३ वर्ष

आज जुन ३ अर्थात् आधुनिक चीन निर्माणका क्रममा तत्कालीन चिनियाँ शासकले राजनीतिक स्वतन्त्रता र मानव अधिकारको माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेका आफ्ना नागरिकको आम नरसंहार गरेको दिन। जुन नरसंहारमा परेर दशौंहजार चिनियाँ स्वतन्त्रता प्रेमी विद्यार्थी, अभियन्ता र राजनीतिज्ञ मारिएका थिए। यो घटनालाई चीनको कम्युनिष्ट सरकारले सधैं, आधुनिक चीन निमार्णमा तत्कालीन सरकारले चालेको कठोर आवश्यकता थियो भन्दै आएको छ। जुन घटनाले चीनको आधुनिकीकरण प्रभावित गरेको छ र यसले कम्युनिष्ट पार्टीको छविमा धब्बा लगाएको छ। अनि लोकतन्त्र तथा मानवअधिकारको पक्षमा उभिनेहरू भनिरहेका छन्, यो घटना चीनका क्रुर शासकद्वारा इतिहास कब्जा गर्न लोकतन्त्रविरुद्ध भएको निर्मम नरसंहार हो।
सन् १९८९ को जुन ३ र ४ मा प्रदर्शनकारीमाथि चरम दमन भएको थियो, त्यही घटनाको स्मरणमा चीनमा कसैले कुनै कार्यक्रम गर्न पाउंँदैन। सामाजिक सञ्जालमा केही कुरा राखेमा सरकारले कारबाही गर्छ। यो घटनाका विषयमा व्यक्त हुनसक्ने आक्रोश र विरोधको अनुगमन गर्न सरकारले १० हजारभन्दा बढी मानिसलाई खटाइरहेको हुन्छ। कसैले यो घटनालाई लिएर कुनै कार्यक्रम गरे उसलाई साढे तीन वर्षसम्म जेल सजाय गर्ने प्रावधान राखिएको छ।
यही नरसंहार अघि लोकतन्त्रको पक्षमा आन्दोलन गरेका लुन झाङ त्यो समय युवा थिए र आफूले चीनको जागरणमा सहभागी भइरहेको महसुस गरेको उनी सम्झन्छन्– बीबीसी हिन्दीले यो नरसंहारका बारेमा लेखेको छ। यही नरसंहारका आधारमा लुन झाङले ग्राफिक उपन्यास लेखेका छन्। जसमा उनले त्यहाँका लोकतन्त्रका पक्षधरमाथि प्रहरी र चिनियाँ अधिकारीहरू गरेको क्रुरतापूर्ण जंगली व्यवहारको चित्रण गरेका छन्– बीबीसीले लेखेको छ।
बेइजिङको तियानमेन स्क्वायरमा भएको ठूलो प्रदर्शन रोक्न सुरक्षाबलले गोली प्रहार गरेको थियो। झाङ त्यसबेला ग्रामीण क्षेत्रको विद्रोहमा सहभागी थिए। अप्रिल महिनामा सुरु भएको सो आन्दोलन जुन ३ र ४ तारेखको बीचमा बेइजिङ नरसंहारमा परिणत भएर अन्त्य भएको थियो। जुन विषयको समाचार संकलनमा समेत तत्कालीन चीन सरकारले प्रतिवन्ध लगाएको थियो। झाङ यो नरसंहारपछि हङकङ हुँदै फ्रान्स पुगेका भुक्तभोगी नागरिक हुन्। जसले कम्युनिष्ट पार्टीको तानाशाही व्यवस्था समाप्तिको माग गरेका थिए।
के हो नरसंहारको पृष्ठभूमि

संसारभर ट्याङ्कम्यान भनेर चिनिने यी चिनियाँ विरोध प्रदर्शन गरिरहेका हजारौं चिनियाँ विद्यार्थीलाई कुल्चिन आएका सैनिक ट्याङ्क अगाडि एक्लै उभिएका थिए। को थिए उनी? कसैलाई थाहा छैन। त्यतिबेलाको हल्ला अनुसार यो घटनाको केही क्षणमा नै उनी मारिएका थिए।

सन् १९८९ को जुनमा चीनको तियानमेन चोकमा भएको एउटा रक्तपातपूर्ण राजनीतिक नरसंहारमा कति मानिस मारिएका थिए भन्ने अझै खुलेको छैन। जसलाई दशककै सबैभन्दा ठूलो क्रुर दमनको महिनाका रूपमा विश्वले स्मरण गर्दै आएको छ। त्यो दिन राजनीतिक सुधारको मागसहित बेइजिङको तियानमेन स्क्वायरमा भेला भएर विरोध प्रदर्शन गरिरहेका हजारौं चिनियाँ विद्यार्थीमाथि सैनिक ट्याङ्क कुदाइएको थियो। तियान–आनमेन स्क्वायरमा रगतको भेल बगेको थियो।
३ दशक यता अमेरिका लगायत पश्चिमा मुलुकले तियान–आनमेन स्क्वायरमा भएको यो नरसंहारलाई लिएर चीनका विरुद्ध अन्तर्राष्ट्रिय मानवअधिकार मञ्चमा प्रश्न उठाइरहेका छन्। बेइजिङले भन आजसम्म वास्तविक तथ्याङक सार्वजनिक गरेको छैन। चीन सरकारले एकतर्फी रूपमा, सन् २०१७ मा सार्वजनिक गरेको केही दस्तावेजलाई आधार मान्ने हो भने उक्त दमनमा एकै रातमा १० हजारभन्दा बढी चिनियाँ नागरिक मारिएका थिए। कैयौं अङ्गभङ्ग भएका थिए। अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूको दाबी छ– उक्त आम नरसंहारपछि पनि कैयौं वर्षसम्म राजनीतिक सुधारको माग राख्नेहरूलाई सेनाले खोजी खोजी मारेको थियो। त्यसैले अहिले पनि अन्तर्राष्ट्रिय समुदायले चीनद्वारा सार्वजनिक सन् २०१७ को तथ्याङ्कलाई मिथ्या भनिरहेका छन्।
घटनाको पृष्ठभूमि
तियानमेन स्क्वायरको नरसंहारको पृष्ठभूमि सन् १९८० को दशकमा जोडिन्छ। त्यसवेला कम्युनिष्ट शासन भएका देशमा विरोध प्रदर्शनको लहर चलेको थियो। प्रदर्शनकारीको एउटै माग थियो– ‘शासकीय सुधार र राजनीतिक परिवर्तन’। त्यसवेला चीन ‘आर्थिक, सांस्कृतिक जागरण’ को प्रारम्भिक चरणमा थियो। आफ्नै रफ्तारमा अघि बढ्न खोजिरहेको बेला चीनमा भित्रिएको ‘शासकीय सुधार र राजनीतिक परिवर्तन’ को आन्दोलनले आधार लिन थालेपछि तत्कालीन सत्ताले अन्तिम विकल्पका रूपमा सेना परिचालन गरेर आन्दोलन दबाएको थियो।

विद्यार्थीहरूसँगको वार्ता असफल भएपछि सुधारवादी नेता झाओ झियाङले भनेका थिए– हामी धेरै ढिला भइसकेका छौं तर पनि तपाईहरूको माग प्रति म सकारात्मक छु। यसरी विद्यार्थी आन्दोलनको पक्षमा सकारात्मक सम्बोधन गरेपछि झाओ त्यसपछि कहिल्यै पनि सार्वजनिक कार्यक्रममा देखिएनन्। सायद उनको हत्या भयो अथवा नजरबन्दमा परे।

त्यसवेला हजारौं विद्यार्थीहरू तियानमेन स्क्वायरमा भेला भएर प्रजातान्त्रिक सुधारसहितको व्यवस्था माग गर्दै महिनौसम्म चरणवद्ध विरोधका कार्यक्रमहरू गरिरहेका थिए। युवा पुस्तामा आन्दोलनले आशाको तरङ्ग उत्पन्न गराइरहेको थियो। चिनियाँ कम्युनिष्ट पार्टीले प्रजातन्त्र र स्वतन्त्रताको आन्दोलन प्रजातान्त्रिक मुलुकबाट भित्रिएको भन्दै आन्दोलनकारीको आवाजलाई निरन्तर दबाइरह्यो। यही त्रास र दमनको माहोलमा हजारौं विद्यार्थी तथा अभियन्तालाई तियानमेन स्क्वायरमा सेनाको ट्यांकर चलाएर मारिएको थियो।
महिनौंसम्म लम्बिएको प्रदर्शनलाई त्यसवेला मत्थर बनाउने प्रयास नगरिएको होइन तर प्रदर्शन झन् प्रभावकारी र बृहत् बन्न थालेपछि अन्तत: जुन ३ को मध्यरातमा बेइजिङको तियानमेनमा सैनिक ट्याङ्क दौडिन थाले। बिहानसम्म सैनिक ट्याङ्कले कति प्रर्दशनकारीको ज्यान लियो भन्ने विषय कसैलाई थाहा छैन। किनभने यो इतिहासकै व्यापक दमन थियो र यो दमनको विरोध गर्ने थुप्रै नेता जेल मै मारिएका थिए।
त्यसपछि चीनमा प्रजातन्त्र र राजनीतिक सुधारको चाहना राख्ने नागरिकका सपना निषेध गरिएझैं भए। चीनले आफ्ना नागरिकको मुखबाट यो घटनाको विषयमा सुन्न, बोल्न निषेध गर्‍यो। त्यसैले अहिले पनि चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको सरकार, त्यस घटनाबारे केही कुरा सुन्न चाहँदैन। देशमा एकखालको निषेधको राजनीति निरन्तर चलिरहेको छ। विश्व समुदायलाई समेत चीनले यो ३ दशक पुरानो घटना बारे प्रश्न नउठाउन चेतावनी दिंदै आएको छ तर पश्चिमा मुलुकले बेइजिङसँग वास्तविक विवरण सार्वजनिक गर्न दबाब दिइरहेका छन्। बेइजिङ भने एउटै जवाफ दिन्छ– यो दुखद् घटना, चीनको आन्तरिक राजनीतिक मामिला हो। त्यसैले यो नरसंहारको स्मरणमा हुने कार्यक्रममा समेत चीन सरकारले दमन गर्दै आएको छ।
आधुनिक चीन निमार्णमा लागेका कम्युनिष्ट नेताहरूको तर्क सुनिन्छ– तियानमेन नरसंहार आधुनिक चीन निमार्णमा तत्कालीन सरकारले चालेको कठोर आवश्यकता हो। चिनियाँ नेताहरूले अहिलेको पुस्तालाई यही पाठ पढाइ रहेका छन्। यो घटनाले चीनको आधुनिकीकरण प्रभावित गरेको छ र यसले कम्युनिष्ट पार्टीको छविमा धब्बा लगाएको छ।
हु याओ वाङले जगाएको सपना
तियान आनमेन नरसंहारको पृष्ठभूमि हेर्दा, कम्युनिष्ट पार्टी अफ चाइना सीपीसीका भूतपूर्व महासचिव हु याओ–वाङको ७३ वर्षको उमेरमा मुटु रोगका कारण निधन भयो। उनी सुधारवादी नेताका रूपमा लोकप्रिय थिए। उनको निधनपछि, थुप्रै कलेजका विद्यार्थी शोक व्यक्त गर्न तियानमेन स्क्वायरमा भेला हुन्छन्। उनीहरू महासचिव हु याओ–वाङले भनेजस्तै चीनमा सुधारको माग गर्न थाल्छन्। किनभने महासचिव हु याओ–वाङ चीनमा राजनीतिक स्वतन्त्रताको पक्षपाती थिए। त्यही सहानुभूतिमा तियानमेन स्क्वायरमा भेला भएका विद्यार्थी र अभियन्ताहरूको संख्या विस्तारै बढ्न थाल्छ। हु याओ वाङले कम्युनिष्ट पार्टीभित्र सुधारवादी नेताको छवी बनाए कै कारण उदारवादी बुद्धिजीवी र विद्यार्थीहरू माझ उनी लोकप्रिय थिए। जसको शंकास्पद निधन नै तियानमेन स्क्वायरको नरसंहारको कारण बन्न पुग्यो। जसले सुधारवादी विचार अघि सारेकै कारण सन् १९८७ मा पार्टी महासचिवबाट राजीनामा दिनु परेको थियो।
पार्टी महासचिवबाट राजीनामा दिएपछि विद्यार्थीहरूले सुरुमा हु याओ वाङको राजीनामा बारे पुन:समीक्षा गर्न सरकार समक्ष माग गरिरहेका थिए। संशय कै बीचमा सुधारवादी नेता बाङको निधन भयो। उनको निधनपछि सन् १९८९ को एप्रिल १७ मा राजधानी बेइजिङमा विस्तारै प्रदर्शनकारी भेला हुन थाले। यो संख्या हजारौंमा पुगेपछि, पेकिङ विश्वविद्यालय र रेन्मिन विश्वविद्यालयका विद्यार्थीले ग्रेट हल अफ द पीपल अगाडि समेत आन्दोलन सुरु गरे। हु याओ वाङको राजीनामा बारे पुन:समीक्षा गर्न सरकार समक्ष माग गर्दैआएका युवा विद्यार्थीले उनको निधनपछि धर्नामा–प्रजातान्त्रिक सुधारको गतिलाई तीव्रता दिन माग गरे। सरकारसमक्ष आवश्यक निवेदन दर्ता गर्ने आवाज उठ्यो। जसमा अधिकांश सुधारवादी नेता र विद्यार्थीको साथ थियो। परिणाम विरोधप्रदर्शन देशका अन्य सहरमा फैलिन पुग्यो। अप्रिल २२ का दिन सरकारले राजधानी बेइजिङ नजिकै हु याओ बाङको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्‍यो। यही शोक र आक्रोशमा भड्किएका युवा विद्यार्थीले तियानमेन स्क्वायरमा रहेको छेकबार भत्काइदिए।

आधुनिक चीन निमार्णमा लागेका कम्युनिष्ट नेताहरूको तर्क सुनिन्छ– तियानमेन नरसंहार आधुनिक चीन निमार्णमा तत्कालीन सरकारले चालेको कठोर आवश्यकता हो। चिनियाँ नेताहरूले अहिलेको पुस्तालाई यही पाठ पढाइ रहेका छन्। यो घटनाले चीनको आधुनिकीकरण प्रभावित गरेको छ र यसले कम्युनिष्ट पार्टीको छविमा धब्बा लगाएको छ।

आन्दोलनमा युवा विद्यार्थी र सुधारवादीको साथ जोडिँदै गएपछि आन्दोलनकारीले केन्द्रीय सरकारी मुख्यालयको मुख्य प्रवेशद्वार अगाडि धर्ना दिन थाले। जसमा हजारौं सुधारवादी युवा विद्यार्थी सहभागी थिए। सरकारले आन्दोलनकारीलाई पछि हट्न र अवरोध सिर्जना नगर्न आह्वान गरिरहेको थियो।
सुधारवादी कार्यक्रम तत्काल घोषणा गर्न माग गर्दै आन्दोलनकारीले तत्कालीन प्रधानमन्त्री ली पेङसँग भेट गर्न प्रस्ताव गरे तर उनीहरूको माग सुनुवाई भएन। प्रधानमन्त्रीलाई भेटेर आफ्नो माग पत्र बुझाउने प्रयत्न असफल भएपछि, शिआन र चाङ्शा शहरसम्म विरोध प्रदर्शन फैलियो। सरकारले आन्दोलन दबाउन सुरक्षाकर्मी परिचालन गर्न थालेपछि, शान्तिपूर्ण आन्दोलन दङ्गामा परिणत हुनथाल्यो।
देशभरबाट विद्यार्थीहरू आन्दोलनमा जोडिन थालेपछि १९८९ को अप्रिल २३ का दिन विद्यार्थीहरूले संयुक्त युनियन स्थापनाको घोषणा गरे। सार्वजनिक विवरण अनुसार, बेइजिङमा रहेका २० वटाभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले अस्थायी विद्यार्थी युनियन स्थापना अभियान थालेपछि सरकारले समाचार स्वतन्त्रता माथि समेत अंकुश लगाउन थालेको थियो। अनि स्वतन्त्रता र राजनीतिक सुधारको माग गर्दै आएका विद्यार्थीले– प्रेस स्वतन्त्रताको माग जोडेर राजधानी बेइजिङ आसपासको शहरमा अनिश्चितकालीन हड्ताल घोषणा गरे।
पीपल्स डेलीको विशेष सम्पादकीय
सुधारवादी विद्यार्थीको आन्दोलन नियन्त्रण बाहिर जान थालेपछि, अप्रिल २६ को अंकमा पहिलो पटक सरकारी मुखपत्र पीपल्स डेलीमा आन्दोलन सम्बन्धी विशेष सम्पादकीय छापियो। सरकारी समाचारपत्रले भद्रगोलविरुद्ध स्पष्ट अडानको आवश्यकता शीर्षकमा सम्पादकीय छापेपछि सरकार आन्दोलन दवाउने बाटोमा गएको प्रष्ट भइसकेको थियो। जसमा लेखिएको थियो– निहित स्वार्थ भएका थोरै मानिसले आम विद्यार्थीलाई प्रयोग गरेर भद्रगोल मच्चाउन खोजेका छन्। भद्रगोल र नियोजित षड्यन्त्रको उपज विद्यार्थी आन्दोलन नियन्त्रणमा लिनुपर्छ भन्ने सन्देश पत्रिकामा छापिएपछि–प्रदर्शनकारीको आक्रोश बढ्दै गयो। आन्दोलनमा जनसहभागिता बढ्न थाल्यो। १० दिनदेखि निरन्तर चलिरहेको विद्यार्थी आन्दोलन दबाउने सरकारी आशय पोखिएपछि, अप्रिल २७ का दिन विद्यार्थीले सरकारसँग वार्ताको प्रस्ताव गरे तर सरकारले वार्ता प्रस्ताव अस्वीकार गरिदियो।
लगत्तै विभिन्न विश्वविद्यालयका विद्यार्थीहरू सडकमा ओर्लिए। अस्थायी विद्यार्थी युनियनको पुनर्संरचना गरियो। त्यसको नेतृत्व वुअरकाइ शीले गरे र बेइजिङ स्वायत्त विद्यार्थी महासङ्घको नाममा आन्दोलन उत्कर्षमा पुग्यो। तीनवटा माग र सात वटा वार्ताको प्रस्ताव गर्दै विद्यार्थी युनियनले सरकारसामु खुला रूपमा वैध संस्थाको मान्यता दिन र पीपल्स डेलीमा अप्रिल २६ मा छापिएको सम्पादकीय पूर्ण रूपमा फिर्ता लिन माग गरे। लगत्तै, युआन मु, स्टेट काउन्सिलका तत्कालीन प्रवक्ता र अन्य केही सरकारी अधिकारीले बेइजिङका १६ विश्वविद्यालयका ४५ जना विद्यार्थीसँग खुला वार्ता गरे। युनियनका नेता वाङ डान र वुअरकाइ शीले वार्ता अस्वीकार गरेपछि आन्दोलन अझै चर्कियो। आन्दोलन चर्केको झण्डै एक महिनापछि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवले विद्यार्थी आन्दोलन रोक्न आग्रह गर्दै मेलमिलापपूर्ण सम्बोधन गरे तर मे ३ सम्म आइपुग्दा आन्दोलनले नियन्त्रण गुमाइसकेको थियो।
मे ४ का दिन, सीपीसीका तत्कालीन महासचिव तथा उदारपन्थी सुधारवादीका रूपमा परिचित झाओ झि–याङले विद्यार्थीहरूसँगको वार्ताका लागि जोड दिए। उनले विद्यार्थीहरूप्रति सहानुभूति व्यक्त गर्दै दुईवटा भाषण गरेका थिए। सम्बोधनका क्रममा उनले भ्रष्टाचारका सन्दर्भमा विद्यार्थीले उठाएको आवाज युक्तिसङ्गत रहेको स्वीकार गरेका थिए। विद्यार्थी युनियनको आन्दोलन कै परिणामले मे ४ का दिन विभिन्न क्याम्पसका विद्यार्थीले नयाँ मे ४ घोषणापत्र जारी गर्ने तयारी थाले। फलस्वरूप पूरै विद्यार्थी आन्दोलन बेइजिङको तियानमेन स्क्वायरतर्फ केन्द्रित भयो। जुलुसका सहभागीले एक दलीय कम्युनिष्ट शासन व्यवस्थाको विरोध गर्दै प्रजातान्त्रिक अभ्यासको माग गर्न थालिसकेका थिए।
आन्दोलनको राप, बेइजिङबाट सांघाइ, नान्जिङ र ग्वाङ्झाउसम्म फैलिएको थियो। विद्यार्थीहरू निरन्तर सडकमा ओर्लन थालेपछि सरकारले पुन: विद्यार्थीहरूसँग वार्ताको प्रस्ताव ल्याएको थियो तर आन्दोलन रोकिएन। उल्टै विद्यार्थी नेताहरूले प्रदर्शन अरु उचाइमा पुर्‍याउन र थप कडा कदम चाल्न आह्वान गरे।


बेइजिङमा मिखाइल गोर्वाचोभको अपमान
सोभियत संघका तत्कालीन नेता मिखाइल गोर्बाचोभको चीन भ्रमण तालिका तय भएपछि विद्यार्थीहरूले मे १३ बाट सरकार बिरुद्ध भोक हड्ताल थालेका थिए। विद्यार्थी नेता चाइ लिङ्‍को नेतृत्वमा सयौं विद्यार्थीले गोर्वाचोभ, चीन आउनु दुई दिन अघि तियानमेन स्क्वायरमा थालेको अनिश्चितकालीन भोक हड्तालले सरकार बिरोधी आन्दोलनलाई अन्तराष्ट्रियकरण गरिदियो। त्यसबेला गोर्भाचोभको चीन भ्रमण महत्वपूर्ण थियो र विश्वका अधिकांश सञ्चारकर्मी बेईजिङ पुगेका थिए। जसले यो आन्दोलनलाई महत्वका साथ प्रसारण गरे।
सिनो–सोभियत विभाजनपछि मिखाइल गोर्बाचोभ पहिलो पटक शिखरवार्ताका लागि बेइजिङ आउँदै थिए। उनको भ्रमणको उद्देश्य दुई देशबीच तीन दशकदेखि रहेको शत्रुता अन्त्य गर्नु थियो। तियानमेन स्क्वायर विद्यार्थीहरूको कब्जामा भएकाले सरकारद्वारा उनलाई मे १५ का दिन, बेइजिङ विमानस्थलमा स्वागत गरियो। शक्तिमा भएका नेताहरूका लागि यो निकै लज्जास्पद विषय मानिन्थ्यो। त्यसैले गोर्भाचोभलाई लज्जास्पद रूपले स्वागत गरेकै कारण सोभियत संघसँगको सम्बन्ध सुध्रिने आधार अरु कमजोर बन्यो।
आन्दोलनकारीले यो बीचमा प्रजातान्त्रिक अधिकारको माग गर्न थालिसकेका थिए। थप आन्दोलन हुन नदिन मिखाइल गोर्वाचोभ फर्किए लगत्तै मे १८ का दिन कट्टरपन्थी मानिने तत्कालीन प्रधानमन्त्री ली पेङले, वाङ दान, वुएरकाइ शी र अन्य विद्यार्थी प्रतिनिधिसँग ग्रेट हल अफ द पीपल्समा छलफल गरे। जुन छलफल, तत्काल आमरण अनसन भङ्ग गर्न र तियानमेन स्क्वायर खाली गर्ने दुई एजेण्डामा केन्द्रित थियो। विद्यार्थीहरूले सरकारलाई पीपल्स डेलीको सम्पादकीय सच्याउन र उनीहरूको आन्दोलनलाई ‘प्रजातान्त्रिक राष्ट्रवादी अभियान’ मान्न प्रस्ताव गरे। सरकारले यो माग सुन्न चाहेन र वार्ता भंग भयो। मे १९ मा सुधारवादी नेता झाओ झियाङ र विद्यार्थी नेतृत्वका बीचमा छलफल भयो। झाओ झियाङले विद्यार्थीहरूलाई पार्टी तथा सरकारले प्रतिशोध नलिने वचन दिँदै आमरण अनशन त्याग्न आग्रह गरेका थिए। विद्यार्थीले भने त्यो पनि अस्वीकार गरे। वार्ता असफल भएपछि झाओ झियाङले भनेका थिए– हामी धेरै ढिला भइसकेका छौं तर पनि तपाईहरूको माग प्रति म सकारात्मक छु। यसरी विद्यार्थी आन्दोलनको पक्षमा सकारात्मक सम्बोधन गरेपछि झाओ त्यसपछि कहिल्यै पनि सार्वजनिक कार्यक्रममा देखिएनन्। सायद उनको हत्या भयो अथवा नजरवन्दमा परे।

मे १८ को वार्ता असफल भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी खटिइसकेका थिए। सैन्य ट्याङ्कहरू सडकमा निस्कन थाले। केही ट्याङ्क आन्दोलनकारी विद्यार्थीले घेरेर राखे, वेइजिङका बाटोहरू अबरुद्ध बने। मे २४ पछि आन्दोलन थप हिंसात्मक बन्यो। विद्यार्थीहरू सेनाको घेराबन्दीमा परिसकेको तियानमेन स्क्वायर छोड्न तयार भएनन्। जहाँ अनसन चलिरहेको थियो। राजधानी शहरबाट सुरु भएको अशान्ति र आन्दलोलन पूरै चीनमा फैलिसकेको थियो। परिणाम सरकारी पक्ष सैन्य कारबाही गरेर आन्दोलन निस्तेज पार्ने बाटोमा गयो।

मे १९ मा झाओले आन्दोलनकारीको पक्षमा बोलेको २४ घण्टा नबित्दै मे २० का दिन बेइजिङका अधिकारीहरूले सैन्य कानुन लागु गरे। मे १८ को वार्ता असफल भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी खटिइसकेका थिए। सैन्य ट्याङ्कहरू सडकमा निस्कन थाले। केही ट्याङ्क आन्दोलनकारी विद्यार्थीले घेरेर राखे, वेइजिङका बाटोहरू अबरुद्ध बने। मे २४ पछि आन्दोलन थप हिंसात्मक बन्यो। विद्यार्थीहरू सेनाको घेराबन्दीमा परिसकेको तियानमेन स्क्वायर छोड्न तयार भएनन्। जहाँ अनसन चलिरहेको थियो। राजधानी शहरबाट सुरु भएको अशान्ति र आन्दलोलन पूरै चीनमा फैलिसकेको थियो। परिणाम सरकारी पक्ष सैन्य कारबाही गरेर आन्दोलन निस्तेज पार्ने बाटोमा गयो।
बेइजिङमा सैन्य कानुन
जुन २ का दिन बेइजिङ नर्मल युनिभर्सिटीका लेक्चरर लिउ शिया–बो, ताइवानका चर्चित गायक हू तेइ–चि–एन र अन्य दुई चर्चित हस्तीले विद्यार्थीहरूको समर्थनमा तियानमेन स्क्वायरमा भोक हडताल सुरु गरे। जुन २ मा उनीहरूले जुन २ भोक हडताल घोषणापत्र सहित ७२ घण्टा अनशनमा बस्ने उद्घोष गरेका थिए। यो आन्दोलनको निर्णायक घुम्ती थियो। त्यसैले, चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूले ‘प्रतिक्रान्तिकारी दङ्गा’लाई बल प्रयोग गरेर अन्त्य गर्ने निर्णय गरे। त्यसैको परिणाम थियो– जुन ३ को घटना।
जुन २ भोक हडताल घोषणापत्रसहित कहलिएका व्यक्तिहरू सरकार विरुद्धको आन्दोलनमा भोक हड्तालमा बसेपछि जुन ३ का दिन सैन्य ट्याङ्क र बख्तरबन्द गाडीसहित ठूलो सङ्ख्यामा खटिएका जनमुक्ति सेनाका सुरक्षाकर्मीले प्रदर्शनकारीलाई हटाउन थाले। केही सैनिकले गोली प्रहार गर्दा कैयौं निशस्त्र नागरिकको मृत्यु भयो। अनसन बसेकाहरूको भिडमा सेनाको ट्याङ्कर कुदाइयो। कैयौं घाइते भए। केही सैनिक पनि प्रदर्शनकारीको आक्रमणमा परे। तियानमेन स्क्वायरमा जुन ३ को राति रक्तपात मच्चियो। राति रक्तपात भएपछि जुन ४ का दिन सवेरैदेखि तियानमेन स्क्वायर सेनाले सफा गर्‍यो। भनिन्छ, जुन ४ का दिन दिनभरि तियानमेन स्क्वाएर क्षेत्रमा सेनाले गोली चलाएको थियो। जुन घटनामा कति मरे, कति अंगभंग भए, कतिलाई पक्रेर जेल हालियो यसको विवरण कतै छैन। यो घटनालाई, अहिले पनि चीन तत्कालीन सरकारले चालेको कठोर आवश्यकता भनेर पन्छिरहेको छ। यो घटना सम्बन्धित अभिलेख कतै पनि प्रकाशित छैन। जुन नरसंहार लगत्तै, चीनका विभिन्न सहर तथा हङकङ र मकाऊमा समेत ऐक्यबद्धता प्रकट गर्न ठूल ठूला प्रदर्शन भएका थिए।
जुन ३ पछि राजधानी बेइजिङका सडक शान्त भए। सेनाको हमलाबाट बँचेका विद्यार्थी तथा अभियन्ता सरकारको खोजीको सूचीमा परे। घटना लगत्तै चीन सरकारले दर्जनौं विद्यार्थी नेतालाई खोजीको सूचीमा राखेको थियो। जसमा धेरै विद्यार्थी नेता यो घटना लगत्तै देश छाडेर भागे। देश बाहिर गएका अभियन्ता र विद्यार्थीले जुनसुकै बेला आन्दोलनको झिल्को झोस्न सक्ने भन्दै चीन सरकारले– हङकङ गएर लुकेकाहरू बिरुद्ध ‘अपरेसन एलो बर्ड’ चलायो। बँचेका तथा भागेका धेरै अभियन्ताहरू पक्राउ परे। दुई महिनासम्म चलेको आन्दोलनले कुनै आकार लिन पाएन। चीन पुन: एक दलीय कम्युनिष्ट शासन प्रणालीमा अघि बढ्यो र त्यहाँ नागरिक अधिकार कुण्ठित् भइरह्यो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!