शोषणमा परेकाहरूको बकपत्रः निजी कलेज र शिक्षाको विकृति

समय कालले म पनि कुनै समय एउटा कलेजसँग जोडिन पुगे। स्नातक तहको पाँचौं सेमेस्टरमा रहेको वातावरण र स्वास्थ्य पत्रकारिता पढाउनका लागि कलेजका सञ्चालक तथा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा. सुरेश आचार्यको प्रस्ताव आयो।

त्यो कलेज हो काठमाडौँको नयाँ बानेश्वरमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा पत्रकारिता स्नातक र स्नातकोत्तरको पढाइ हुने – सेफर्ड कलेज अफ मिडिया टेक्नोलोजी।

मैले त्यहाँ पढाउन थालें, बीएमटी पाँचौं समेष्टरमा। अध्यापन सकेको केही समयपछि भुक्तानी पाएँ। वर्ष बित्यो, अर्को सेमेस्टर आयो। फेरी पढाइदिए।

तर यो पटक भने मलाई त्यति सहज भएन। मैले पढाउँदै गर्दा लगानीकर्ताहरूको बीचमा झगडा परेछ। सुरेशजी बिदा हुनु भएछ। अनन्त मैनालीको हातमा कलेजको व्यवस्थापनको जिम्मा रहेछ। तर मलाई यी सब कुराको चासो नै रहेन। मैले मेरो अध्यापन कर्म सके। केही दिनपछि अनन्तसँग पैसा मागे। हुन्छ सर हजुरलाई फोन गर्छु भने। दुई तीन महिनापछि फेरी फोन गरे। फेरी उही कुरा । यत्तिकै मा करिब ९ महिना बित्यो। फेरी फोन गरे। अनन्तले आफूले कलेज सुरेश आचार्यलाई बिक्री गरेको र मैले पढाएको भुक्तानी सुरेश आचार्यले गर्ने बताए। मलाई कता कता फसेजस्तो लाग्यो। फोन मै तिमी त ठग रहेछौ भनेर फोन राखिदिएँ। उनीसँग यो भन्दा अगावै प्राज्ञिक विषयमा असहमति भइसकेको थियो।

एक दिन काममै थिएँ। पूर्वाञ्चल परीक्षा नियन्त्रण कार्यालयबाट फोन आयो। त्यो दिन मैले पढाएको विषयको परीक्षाको दिन। विद्यार्थीहरूले प्रश्नपत्र पढाइ र कोर्ष अनुसार भएन भनेर हङ्गामा गरेपछि मलाई फोन आएको  रहेछ। तपाईंले के प्रश्न बनाउनु भएको ? परीक्षा नियन्त्रण कार्यालयका अधिकारीको भनाइले म छाँगाबाट खसेजस्तै भएँ। माफ गर्नुहोला सर मैले प्रश्न बनाएकै छैन भनिदिएँ। उहाँले कलेजबाट अनन्तजीले प्रश्नपत्र यो सरले बनाएको हो भनेर मेरो नम्बर टिपाउनुभएको रहेछ। मैले विनम्रताका साथ आफूले प्रश्न तयार नगरेको जवाफ दिएपछि उहाँले “ए मैले कुरो बुझेँ” भनेर फोन राख्नुभयो। तत्कालै अनन्तको फोन आयो। सर अप्ठ्यारो पर्यो “मैले प्रश्नपत्र तयार गरेको  हुँ भनी दिनुपर्ने भो”, उहाँले मलाई अनुरोध गर्नुभयो। यो कसले बनाएको हो भनेर सोध्दा अनन्तले म आफैले यसो मिलाएर पठाएको जवाफ दिए। मेलै भनिदिएँ- माफ गर्नुस् म केही गर्न सक्दिनँ।

त्यसपछि के भो मलाई थाहा छैन। तर किन अनन्तले यसो गरे भन्ने पछि पो थाहा पाएँ।  एकजना साथीले भने प्रश्नपत्र तयार  गरे वापत पनिकाबाट दुईचार सय पाइन्छ, उनको लोभ त्यही नै हो। साँच्चिकै यसले सीमित ठाउँमा पढाई हुने विषयहरूको प्रश्नपत्रमा कलेज सञ्चालकहरूको मनोमानीलाई इंगित गर्छ। पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो गुणस्तर कायम राख्न यो कुरामा चनाखो हुनु जरुरी देखिन्छ।

सेफर्ड कलेज त एउटा प्रतिनिधि पात्र हो। पैसाको आशामा यी सबै विवरण सार्वजनिक गरेकै हैन। स्मृति पटलमा पुगिसकेका यादहरूलाई शब्दरूपी मालामा प्रस्तुत गर्नुको उद्देश्य निजिकरणका नाममा शिक्षा क्षेत्रभित्र भईरहेका विकृति औंल्याउनु हो। यहाँ उल्लेख गरिएका पात्रहरूसँग मेरो व्यक्तिगत कुनै कुरा छैन। उहाँहरू सार्वजनिक प्रकृतिको निजी संस्थामा भएकोले सार्वजनिक जवाफदेहिताका लागि प्रेरित गर्ने जमर्को गरेको हो। तर यो कलेज साता दिन बढी हुँदा पनि मौन छ।

फेरी अर्को कुनै एक दिन पूर्वाञ्चल परीक्षा नियन्त्रकबाट फोन आयो, सर कपी चेक गरिदिनुस् न। मलाई कार्यालय कहाँ छ नि थाहा थिएन। काठमाडौँकै सिनामंगलमा रहेछ। कापी जाँच्दै गएँ। विद्यार्थीहरूले एकै प्रकारको उत्तर लेखेका, वाक्य संरचना पनि उस्तै। चारपाँच वटा हेरेपछि शंका लाग्यो। गुगल सर्च गरे। विद्यार्थीले लेखेको उत्तर हुबहु नै थियो। म परिबन्दमा परिसकेको थिए। कपी फिर्ता गर्न पनिका गएँ र त्यहाँका अधिकारीलाई कापी जाँच्न भ्याउँदिन मलाई नसम्झनुहोस् भनेर विनीत भावमा भनिदिएँ। तर पनिकाका अधिकारीले मलाई पारिश्रमिक कपी चेकिङ वापतको पारिश्रमिक तत्कालै भुक्तानी गरे। मनमनै लाग्यो अब न त्यहाँ पढाउँछु न कपी चेक नै। मलाई खट्किएको विषय यो विश्वविद्यालयले परीक्षा केन्द्रको निगरानी र अनुगमनमा विशेष ध्यान दिनुपर्ने पो हो कि। विश्वविद्यालय त सरस्वतीमा पवित्र मन्दिर हो यहाँबाट प्रदान गरिने शिक्षामा कुनै खोट र दाग हुनु भएन नि।

केही महिना बित्यो। अर्को सेमेस्टर सुरु हुने बेला भो। एक दिन फेरी फोन आयो। उनको हैसियत के थियो थाहा छैन तर मलाई फोन गर्ने कविता शर्मा हुनुहुन्थ्यो जो अहिले कलेज प्रमुख हुनुहुन्छ भन्ने थाहा पाएको छु। उहाँले सर हजुरको पुरानो बक्यौताको चेक तयार छ। अब नयाँ सेमेस्टरलाई पनि पढाइदिन पर्ने भो भन्नुभयो। मैले विनीत भावमा म नयाँ सेमेस्टरलाई पढाउन समय निकाल्न सक्दिनँ, पुरानो बक्यौताको चेक लिन आजै आउँ त भने। उनले म सरलाई एकछिन पछि कल गर्छु है भनेर फोन राख्नुभो। तर त्यो दिन मात्र हैन त्यो महिना नै उहाँले फोन गर्नुभएन। अर्को महिना मैले फोन गरे। उहाँले ए मैले भुलेछु सर म अहिले नै अकाउन्टमा गएर हेर्छु अनि फोन गर्छु भन्नुभयो। तर त्यो दिन हैन त्यो महिना पनि फोन आएन। अर्को महिना मैले फेरी कल गरे, तर उहाँले फोन उठाउनु भएन। मलाई लाग्यो म त ठगिएँ।

विस्मृति पटलमा बसिसकेको यो काण्ड आठ वर्षपछि यो विषयलाई मैले सामाजिक सञ्जालमा लेखें। त्यही दिन साँझ एक अपरिचित नम्बरबाट फोन आयो। कलर हुनुहुन्थ्यो उही कविता शर्मा, परिचय दिनुभयो म अहिले सेफर्ड कलेजको प्रिन्सिपल। मैले बधाइ दिन नभ्याउँदै उहाँले मैले पोष्ट गरेको  थाहा पाएर फोन गरेको भन्नुभयो। मैले हो भने। उहाँले आफू भैरहवा तिर रहेको र मङ्गलबारसम्म काठमाडौं फर्केर भुक्तानी गर्ने बताउनुभयो। सर जतिको मान्छेले सामाजिक सञ्जालमा नै लेखिसकेपछि हामीले दिनुपर्छ हामी तिर्छौ सर। उहाँलाई मैले म कलेजमा भुक्तानी लिन नआउने, कुनै पनि चिठ्ठी वा निवेदन नदिने अडान राखें। फेसबुक पेजमा लेखेको हटाउनचाहिँ नैतिक हिसाबले सक्दिनँ भनिदिएँ। उहाँले ओके भन्नुभयो।

मंगलबार पनि आयो। मेरो मोबाइलमा कलर आइडीले ट्रीटन कलेज देखायो। त्यहाँबाट एक अपरिचित महिलाले बडो प्रफुल्ल भावमा आदेश फर्माइन।  तपाईँको भुक्तानी बाँकी छ भने कलेजमा आएर निवेदन दिनुहोस् अनि हामी विचार गरौँला, नभए फेसबुकमा लेखेकै भरमा पेमेन्ट दिँदै गयौँ भने यस्ता कति आउँछन् कति ? मलाई पनि झोक नै चल्यो, मैले तपाईँसँग पैसा मागेकै छैन्। मैले त सुधारको एउटा आन्दोलनको श्रीगणेश गरेको हो। दिन मन भए तपाईँको क्याम्पस प्रमुखलाई बैंक खाता पठाएको छु, नभए यस्ता निवेदन सिवेदनको कुरै नगरौँ भनिदिएँ।

अनन्त मैनालीले सुरेश आचार्यलाई बेचेको कलेज अहिले डीभी एजुकेसन भन्ने समूहले किनेको छ रे। यो कलेजमा एकाउन्ट नामको कुनै रेकर्ड किपिङ छ भने म प्रतिको दायित्व सार्वजनिक गरोस्। छैन भन्छ भने त सार्वजनिक प्रकृतिको संस्थाबाट हुने ठगी धन्दा यही नै हो। म्यानपावरले ठग्यो भनेर स्टोरी लेख्ने मिडियाले मिडिया एजुकेसन दिने संस्थाभित्र टाई सुट लगाएका ठगहरूको कथा किन नलेख्ने ? अरुसँग कलेज किनेको हो, हामी त नयाँ व्यवस्थापन हौं भनेर भन्दैमा यत्रो प्राज्ञिक निकाय पन्छिन सक्ला र ?

यो कलेजबाट ठगिएका अरु साथीहरूको पनि सन्देश पाएको छु। यो कुरा यसरी बाहिर ल्याएकोमा धन्यवाद। पुराना एकजना मित्रसँग यही संयोगले वार्ता गरायो। उहाँ हुनुहुन्छ फोटो पत्रकार मधुसुदन थापा। थापासरले पढाएको पनि यो कलेजले तिरेको छैन। धरै पछिसम्म पनि मलाई तपाईँले पाउनुभयो त भन्दै सोध्दै हुनुहुन्थ्यो। वार्तालापमा पनि उहाँले आफूलाई डा. सुरेश आचार्यले पढाउने जिम्मेवारी दिएको तर पारिश्रमिक नदिएर शोषण गरेको बताउनुभयो। अर्का एकजना अनलाइन पत्रकारले दुई सेमेस्टरको भुक्तानी पाएनन्। उनको अनुरोधमा नाम भने सार्वजनिक गर्न सकिएन। यही समाज, यही सोचमा सार्वजनिक मञ्चमा यस्ता कुरा व्यक्त गर्न पनि सजिलो छैन। ठगीको यो शृंखला निकै लामो छ त्यो बिस्तारै समयक्रमसँगै सार्वजनिक हुँदै जाला।

सेफर्ड कलेज त एउटा प्रतिनिधि पात्र हो। पैसाको आशामा यी सबै विवरण सार्वजनिक गरेकै हैन। स्मृति पटलमा पुगिसकेका यादहरूलाई शब्दरूपी मालामा प्रस्तुत गर्नुको उद्देश्य निजिकरणका नाममा शिक्षा क्षेत्रभित्र भईरहेका विकृति औंल्याउनु हो। यहाँ उल्लेख गरिएका पात्रहरूसँग मेरो व्यक्तिगत कुनै कुरा छैन। उहाँहरू सार्वजनिक प्रकृतिको निजी संस्थामा भएकोले सार्वजनिक जवाफदेहिताका लागि प्रेरित गर्ने जमर्को गरेको हो। तर यो कलेज साता दिन बढी हुँदा पनि मौन छ।

पूर्वाञ्चल विश्वविद्यालय आफैमा पवित्र उद्देश्यले स्थापना भएको सार्वजनिक संस्था हो। यहाँबाट उत्पादित जनशक्तिले नेपालका धेरै क्षेत्रमा विशिष्टता आर्जन गरेका छन् जुन गौरवको विषय हो। यस्तो विश्वविद्यालयका जिम्मेवार पदाधिकारीले सेफर्ड जस्तो विधि, पद्धति र प्रणालीभन्दा बाहिरबाट चल्ने कलेजले पाएको सम्बन्धन, त्यसका कर्तुतको सूक्ष्म मूल्यांकन गरी सुधारको बाटो समातेको अवस्थामा शैक्षिक गुणस्तरमा बल मिल्ने थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!