निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान गर्नु आफ्नो प्राथमिकता

शाराम्स

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले संगठनको प्राथमिकताका आधारमा नै काम गरेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिंहले प्रहरी प्रमुख फेरिदैमा संगठनको प्राथमिकता नफेरिने भन्दै प्रहरी प्रमुखको प्राथमिकता नै आफ्नो प्राथमिकता भएको बताउनुभएको हो । अपराध नियन्त्रण गर्ने,वस्तुनिष्ठ अनुसन्धान गर्ने, प्रहरीको मनोबल उच्च गर्ने, प्रहरी समायोजनालाई औचित्यपूर्ण निष्कर्षमा लैजाने, मानवअधिकारको सम्मान गर्दै प्रहरीको सेवा घर घरमा पुराउने प्राथमिकताका साथ संगठन अघि बढिरहेको उहाले बताउनुभयो । उहाले संगठनको प्राथमिकतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताउनुभयो । उहाले निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान गर्नु आफ्नो प्राथमिकता रहेको धारणा राख्नुभयो । प्रहरीको सरुवा बढुवा राजनीतिक प्रभावमा नहुने भन्दै उहाले उत्कृष्टताको आधारमा मात्रै हुने जिकिर गर्नुभयो ।

त्येस्तै उहाले संयुक्त राष्ट्र संघको शान्ति मिसन बढाउनका लागि पहल गर्ने भन्दै यसका लागि कल्याण महाशाखाका एसएसपीको नेतृत्वमा समिति गठन गरेर पनि काम सुरु गरिसकेको बताउनुभयो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!