नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा

सारांश :

नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ ।

१९ जेठ २०५८ को साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाह सहित उनको परिवारका रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती शाह लगायतको ज्यान गएको थियो ।

नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डबारे सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, तत्कालिन सभामुख तारानाथ रानाभाटसहितको छानविन समिति बनाइएको थियो ।

उक्त समितिले युवराज दीपेन्द्र शाहले आफ्नै परिवार माथि गोलि चलाएको र आफुले पनि गोली हानेर आत्महत्या गरेको रिपोर्ट सार्बजनिक गरेको थियो । यसैबीच स्वर्गीय राजा वीरेन्द्रको शालीकमा मल्यापर्ण तथा श्रद्धाञ्जलि गरि उनलाई स्मरण गरिएको छ ।

स्व.राजाले आफ्ना कार्यकालमा नेपाल र नेपालीलाई पु¥याएको योगदानलाई कदर गर्दै स्वर्गीय राजा विरेन्द्र शान्ति प्रतिष्ठान, योगी नरहरीनाथ.ट्रष्ट लगाएतले ललितपुरको जावलाखेलस्थीत शालीकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम गरेको हो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!