अखण्ड भारतको सपनामा नेपाल पनि?

भारतको अतिवादी हिन्दु संगठनराष्ट्रिय स्वयम् सेवक संघ (आरएसएस) सदस्यहरू अफगानिस्तानपाकिस्तानबंगलादेशश्रीलंकाम्यानमारतिब्बतभुटाननेपालदेखि अक्साई चीनसम्मको भूभागलाई समेटिएको अखण्ड भारत‘ को नक्सा राख्न थालेका छन्।

नयाँ दिल्ली: राष्ट्रिय स्वयम् सेवक संघ (आरएसएस) प्रमुख मोहन भागवतले गत महिना ‘अखण्ड भारत’ को सपना आगामी १० देखि १५ वर्षमा वास्तविकतामा परिणत हुने भनेर गरेको भाषणसँगै  एउटा राजनीतिक तूफान सिर्जना भएको छ।

भागवतले हरिद्वारमा एक सभालाई सम्बोधन गर्दै भन्नुभएको थियो, ‘हाम्रो कार स्टार्ट भयो, ब्रेक बिनाको गाडी छ, एक्सलेटर मात्र छ। जो रोक्न खोज्छन्, तिनीहरू नष्ट हुन्छन्। आउन चाहनेले आएर बस्नुस्, गाडी रोकिँदैन।

अहिलेको गतिमा हिड्ने हो भने आगामी २०–२५ वर्षमा ‘अखण्ड भारत’ को परिकल्पना यथार्थमा परिणत हुने भागवतले बताउनु भयो। तर यदि हामीले अलिकति बढी प्रयास गर्‍यौं – जुन हामी पक्कै गर्नेछौं – तब यो समयावधि  आधाले कम हुनेछ र हामी १० देखि १५ वर्षमा यो यथार्थमा परिणत भएको देख्न सक्षम हुनेछौं।

उहाँको भाषणले चर्को राजनीतिक प्रतिक्रिया देखियो र त्यसबेलादेखि आरएसएसका हर्ताकर्ताहरूलाई सरसंघचालक (रासस मूखियाको आधिकारिक पदवी) ले अखण्ड भारतको कुरा भूराजनीतिक सन्दर्भमा नभएर सांस्कृतिक अवस्थाको बारेमा गरेको हो भनेर विश्वस्त पार्न गाह्रो भइरहेको छ।

के हो ‘अखण्ड भारत’ ?

विनायक दामोदर सावरकरले १९३७ मा अहमदाबादमा आयोजित हिन्दू महासभाको १९ औं वार्षिक अधिवेशनमा यस विचारको बारेमा बोल्नुभएको थियो।

हिन्दू महासभाका तत्कालीन अध्यक्ष सावरकरले आफ्नो लागि ‘एकीकृत’ वा ‘एकीकृत’ वा ‘अविभाज्य’ भारत ‘कश्मीरदेखि रामेश्वरम, सिन्ध (अहिले पाकिस्तानमा) देखि असमसम्म’ भएको बताउनुभएको थियो।

आरएसएसका कार्यकर्ताहरूका अनुसार सावरकरको विचार भूराजनीतिक थियो, भागवतको मतलब “भारतको नेतृत्वमा छिमेकी देशहरूको सांस्कृतिक एकीकरण” हो।

आरएसएसका सहसरकार्यवाह (सहमहासचिव) मनमोहन वैद्यले भन्नुहुन्छ, “अखण्ड भारतको विचार भू–राजनीतिक नभई भू–सांस्कृतिक हो।”

वैद्यले भन्नुहुन्छ, ” अङ्ग्रेजहरूले कब्जा गर्नु अघि र त्यसपछि सम्पूर्ण क्षेत्र विभाजित गर्नु अगाडि हामी वर्षौंसम्म सँगै थियौं, सांस्कृतिक रूपमा एकअर्कासँग जोडिएका थियौं, किनभने हामी सबैको आध्यात्मिकतामा आधारित जीवनमा एउटै दृष्टिकोण थियो।’

तर, आरएसएस प्रमुखले दिएको समयसीमाले संघका धेरैलाई आश्चर्यमा पारेको छ।

अफगानिस्तान, पाकिस्तान, बंगलादेश, श्रीलंका, म्यानमार, तिब्बत, भुटान, नेपाल र अक्साई चीन (अहिले चिनमा पर्ने परम्परागत लद्दाखी भूमि) लाई एक एकाइको रूपमा देखाइएको ‘अखण्ड भारत’ को एउटा नक्सा आरएसएस सदस्यहरूले आफ्नो घर र कार्यालयमा राख्न थालेका छन्।

अफगानिस्तान, पाकिस्तान, बंगलादेश, श्रीलंका, म्यानमार, तिब्बत, भुटान, नेपाल र अक्साई चीन (अहिले चिनमा पर्ने परम्परागत लद्दाखी भूमि) लाई एक एकाइको रूपमा देखाइएको ‘अखण्ड भारत’ को एउटा नक्सा आरएसएस सदस्यहरूले आफ्नो घर र कार्यालयमा राख्न थालेका छन्।

राससको साहित्य ‘अखण्ड भारत’ को विचारले भरिएको छ। संघ विचारक र दक्षिणपन्थी इतिहासकार देवेन्द्र स्वरूपले सन् २०१६ को आफ्नो पुस्तक ‘अखंड भारत—संस्कृति ने जोड़ा राजनीति ने तोड़ा (अखण्ड भारत – संस्कृति ने जोड्यो राजनीतिले तोड्यो) मा भारतको व्यवस्थित भू-राजनीतिक विभाजनको सम्पूर्ण कालक्रमलाई विस्तृत रूपमा व्याख्या गर्नुभएको छ।

हिन्दू धर्मको सबैभन्दा पवित्र धार्मिक ग्रन्थ मानिने १८ मुख्य पुराणहरू मध्ये दुई विष्णु पुराण र भागवत पुराणमा उल्लखित सन्दर्भका आधारमा विभाजनपूर्व भारतीय क्षेत्रहरूसहित भारतमा श्रीलंका, म्यानमार, थाइल्याण्ड, बाली (इन्डोनेसिया)मा फिलिपिन्स र मलेसिया समावेश भएको देवेन्द्र स्वरूपको दावी छ।

सोही पुस्तकमा देवेन्द्र स्वरूपले ‘भारत’ मा ७ औं शताब्दीसम्ममा अफगानिस्तान, तास्कन्द र समरकन्दका मध्य एसियाली क्षेत्रहरू समावेश भएको र इस्लामिक आक्रमणपछि तिनीहरूको विभाजन सुरु भएको बताउनु भएको छ।

आरएसएस सदस्य र इतिहासकार राधा कुमुद मुखर्जीले सन् १९४५ मा लखनऊ विश्वविद्यालयमा अखण्ड भारत सम्मेलनमा आफ्नो भाषणमा ‘अखण्ड भारत’ बारे आफ्नो विचार व्यक्त गर्नुभएको थियो।

त्यतिबेला मुखर्जीले भन्नुभएको थियो, ‘ हाम्रो प्रार्थनामा सिन्धुदेखि कावेरीसम्म, गंगा र यमुनादेखि गोदावरी र नर्मदासम्म सातवटा पवित्र नदीहरूको भूमि भएको उल्लेख गरिएको छ, जसको पवित्र जलले पूजाअघि हामीले नुहाउदा हामीलाई पवित्रता प्रदान गर्छ।’

मुखर्जीले भन्नुभएको थियो, ‘त्यस्तै प्रार्थनामा, दक्षिण भारतीयहरू विन्धाञ्चल पर्वतश्रृंखलाभन्दा उत्तरका आफ्ना भाइहरूसँग एकजुट हुन्छन्, आफ्नो साझा देश बनाउँछन्। काबुल (कुभा), कुमाल (गोमती), कुरम (क्रुमु) र स्वात (सुवास्तु) को पानी पनि पवित्र छ जसको किनारमा ऋग्वेदका ऋचा गाइन्थ्यो।

काबुल, पूर्वी अफगानिस्तान र पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त हुँदै बग्ने मुख्य  नदी हो जुन त्यसपछि पाकिस्तानमा सिन्धु नदीमा मिल्छ।

कुमाल नदी पूर्वी अफगानिस्तानको सर्वान्डी नजिकै खुम्बुर खुले घार (अफगानिस्तानमा सबै भन्दा बढी बोलिने भाषा पश्तोमा घारको अर्थ पहाड वा पर्वत श्रृंखला हो) बाट निक्लेर सिन्धु नदीमा मिल्नु अघि डोमण्डी हुँदै पश्चिम पाकिस्तान प्रवेश गर्छ। डोमण्डी पाकिस्तान र अफगानिस्तानको एउटा नदी पनि हो। स्वात र कुरम नदीहरूको उद्गमस्थल पनि अफगानिस्तानमा हो र ति पाकिस्तान हुँदै बग्छन्।

एक संघ

आरएसएसका कार्यकर्ताहरूले दावी गर्छन् कि ‘अखण्ड भारत’ भारतको नेतृत्वमा भारतका सबै छिमेकीहरूको संघ हो।

वैद्यले द प्रिन्टलाई भने, “हाम्रा छिमेकी देशहरूको सुरक्षा, समृद्धि, सुख र शान्ति भारतसँग जोडिएको छ किनभने यी देशहरू छिमेकी मात्र होइनन्, भारतवर्षको हिस्सा थिए। यी सब देशलाई एक ठाउँमा ल्याउन भारत अगाडि आउनु पर्छ र सहायकको रूपमा हाम्रो भूमिकाको महत्त्व बुझ्नुपर्छ भन्ने हामीलाई लाग्छ ।

आरएसएसका वरिष्ठ कार्यकर्ताहरूले भने कि मोदी सरकारले समस्याग्रस्त छिमेकी पाकिस्तान र श्रीलंकालाई चीनको कठपुतली बन्नबाट रोक्नको लागि सहयोग गर्न थप सक्रिय भूमिका खेल्नुपर्छ।

आरएसएसका कार्यकर्ताहरूका अनुसार यो कहिल्यै भूराजनीतिक सीमा थिएन – यो देशको विदेश नीति, अन्तर्राष्ट्रिय सीमा समस्याहरू र भारतको नेतृत्वमा रहेका सबै छिमेकी राष्ट्रहरूको शान्तिपूर्ण र ‘सांस्कृतिक’ अभिसरणको भविष्यको बारेमा हो।’

आरएसएसका वरिष्ठ सदस्यहरूका अनुसार गैर-भाजपा सरकारहरू भएका राज्यहरू पञ्जाब र पश्चिम बंगाल बाहेक केन्द्र शासित प्रदेश जम्मू-कश्मीर र लद्दाख सहित सबै राज्यहरू ‘अखंड भारत’ को विचारमा एकजुट छन्।

आरएसएसले आफूलाई भाजपाको ‘वैचारिक गुरु’ मान्छ र यसमा प्रधानमन्त्री नरेन्द्र मोदी जोडिनुभएको छ।

वरिष्ठ आरएसएस सदस्यहरूले भने कि भारतले विदेश नीतिमा पहिले नै ठूलो परिवर्तन देखेको छ, र अझै परिवर्तन आउन बाँकी छ।दिल्लीमा एक आरएसएस कार्यकर्ताले भने, “अखंड भारतलाई वास्तविकतामा परिणत गर्न काम भइरहेको छ।

“हामीले हाम्रो अनुसन्धान गरेका छौं र हामीलाई थाहा छ कि पाकिस्तान र बंगलादेशका मानिसहरू भारत जस्तै लोकतन्त्रमा बस्न चाहन्छन्,” उनले भने। हामीले थाहा पायौं कि जब रामायण महामारीको समयमा पुन: प्रसारण गरिएको थियो, कम्तिमा ३० प्रतिशत फ्यान मेल पाकिस्तानबाट आएको थियो। यी सानो उदाहरण मात्र हो।

फेरिएको राजनीतिक परिदृष्य

आरएसएसको केन्द्रीय कार्यसमितिका एक सदस्यले द प्रिन्टलाई देशको बदलिँदो राजनीतिक वातावरणले यो विचारलाई साकार बनाउन मद्दत गर्ने बताए । यो परिवर्तन भारतको विदेश नीतिमा पनि प्रतिबिम्बित भएको ती सदस्यले बताए ।

उनले भने, ‘परराष्ट्र नीतिमा ठूलो परिवर्तन देख्न सकिन्छ। सन् २०१४ मा कार्यभार सम्हालेदेखि नै प्रधानमन्त्री मोदीले छिमेकी मुलुकको भ्रमण गर्दै आएका छन् । यस्तो पहिले कहिल्यै भएको थिएन।’

उनले भने, ‘हामीले यी सबै देशलाई अचानक भारतको राजनीतिक नक्सामा समावेश गरिदिन्छ भनेर भन्दैनौँ, तर यो त सुरुवात मात्र हो । हामी चाँडै नै सांस्कृतिक एकीकरण हुनेछौं जसले भारतको नेतृत्वमा सबै देशहरूको महासंघको नेतृत्व गर्नेछ।

आरएसएसको विश्वासमा भारत तथा छिमेकी देशमा बस्ने मुस्लिमहरू बाहिरका आक्रमक मुस्लिम सेना आउनुअघि ‘मूल रूपमा हिन्दू’ थिए।

एक आरएसएस कार्यकर्ताले भने, “भारत सधैं एकताबद्ध भूमि भएको छ। अफगानिस्तान, पाकिस्तानदेखि तिब्बत, श्रीलंका र बंगलादेशसम्म हामी सबै मिलेर हिन्दू थियौं। हाम्रा छिमेकी देशहरूमा बस्ने मुस्लिमहरूलाई पनि यो कुरा थाहा छ। तिनीहरू धार्मिक थिएनन् तर सांस्कृतिक रूपमा हिन्दू थिए। परिवर्तन कृत्रिम हो, पश्चिमी शक्तिहरू र आक्रमणकारीहरूले उनीहरूमाथि थोपाएका छन्।

ति अधिकारीले भने, मोहन भागवत सधैं ‘‘भविष्यदृष्टा ‘हुनुहुन्छ।

उनले भने, ‘उहाँले हामीलाई आफ्नो जीवनकालमा राम मन्दिर बनेको देख्ने बताउनुभएको थियो । र हामी पनि यो भइरहेको देखिरहेका छौं। हामीले कहिल्यै सोचेका थिएनौं कि जम्मु कश्मीरबाट धारा ३७० हटाइनेछ। तर यो पनि गरिएको छ। वास्तवमा, यो अखण्ड भारतको लागि आधार तयार गर्ने दिशामा पहिलो कदम हो।

भारतको डिजिटल पत्रिका द प्रिन्टमा छापिएको मधुपर्ण दासको आलेखको भावानुवाद।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!