बालेन्द्र साह लगाएत नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह लगाएत नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित साहलाई शपथ गराए । त्यस्तै प्रमुख साहले उपप्रमुखमा निर्वाचित सुनिता डङ्गोल, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराएका थिए । उपप्रमुख डङ्गोलले नेपाल भाषामा शपथ लिएकी थिन् । प्रमुख साहले पनि मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि नेपाल भाषामा शपथको व्यहोरा पढेका थिए । प्रमुख साह र उपप्रमुख डङ्गोलले सोमबार नै पदवहाली गरेकी छिन् । पदभार गर्दै काठमाडौं महानगर प्रमुख साहले काठमाडौंको फोहर समस्याको दिर्घकालिन समाधान खोजिने बताए ।

त्यस्तै उपप्रमुख डङ्गोलले काठमाडौं बासिन्दाको जनजिवन सहज गर्नका लागि काम गर्ने बताएका छन् । उनले सबैको सहकार्यमा नै अघि बढ्ने धारणाा राखेका छन् ।

गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट प्रमुखमा स्वतन्त्र उम्मेदवार साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल निर्वाचित भएकी थिन् । तीन लाख २४२ मतदाता रहेको कामपामा करिब एक लाख ९० हजार ९६२ मत खसेको थियो । सात हजार ६८२ मत पूर्ण बदर भएको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!