समाचार

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आकस्मीक अनुगमन

By अर्जुन भट्टराई

समयमा नै पाठ्यपुस्तक उपलव्ध नभएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आकस्मीक अनुगमन गरेका छन् ।

आइतबार भक्तपुरको सानोथिमिस्थीत जनक शिक्षाको आकस्मीक अनुगमन गर्दै पुस्तक छपाईको बारेमा जानकारी लिनुभएको हो । जनक शिक्षाले यसअघि समयमा नै पाठ्यपुस्तक पुराउने भनेपनि सोचेजस्तो काम नभएको पाइएपछि शिक्षामन्त्री पौडेलले अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा मन्त्री पौडेलले पाठ्यपुस्तक छपाई दुई हप्ता ढिलो भएको जानकारी पाएको बताए । उनले १० दिनसम्ममा पुस्तक छापिने जनक शिक्षाले जानकारी गराएको बताएका छन् । अहिले २० लाख पुस्तक पुग्न बाँकी रहेकाले छिटै ढूवानी हुने उनले बताएका छन् । मन्त्री पौडेलले कागजहरु आएर पुस्तक छाप्ने काम तीव्र रुपमा भइरहेको सूचना पाएको जानकारी दिए ।

उनले सबै बिद्यार्थीको हातहातमा पुस्तक नपुगेसम्म निरन्तर अनुगमन गर्ने बताएका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.