सरकारले आगामी आर्थिक बर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलका लागि २ अर्व ४६ करोड बिनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेट सदनमा पेश गर्दै उक्त रकम छुट्टाइएको जानकारी दिनुभएको हो ।उनले खेल पूर्वाधारका लागि ८७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । मूलपानी क्रिकेट मैदान आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने र कीर्तिपुरमा रात्रीकालीन खेल खेल्न मिल्ने बनाइने उनले बताएका छन् । त्यस्तै उहाले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी खेलाडीको बिमा गरिने जानकारी दिनुभयो । राष्ट्रिय खेलकुद परिषदका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको पनि उनले बताए ।
उनले बिद्यालयतहबाटै खेलको बिकासका लागि आवश्यक कार्यक्रम तर्जुमा गर्ने जानकारी गराए ।
सम्बन्धित समाचारहरु:
अमेरिकी संसद् सदस्यहरुको र नेपाली सांसदबीच दुईपक्षिय सम्बन्धको बिषयमा छलफल
सुनको मूल्य स्थिर
बिजुली बिक्री गर्न बजार खोज्दै प्राधिकरण
लोकतान्त्रिक समाजवादी पार्टी नेपालद्वारा घोषणापत्र सार्वजनिक
दूध र गोबर बेचेर मासिक एक लाख ५० हजार
कांग्रेसले संसद्लाई बन्धक बनाएको र स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्यायो - अध्...